काठमाडौं । इटालियन सिरी ए फुटबलमा युभेन्ट्सले एसी मिलानसँग बराबरी खेलेको छ । आइतबार राति भएको खेलमा युभेन्ट्सले मिलानसँग १-१ गोलको बराबरी खेलेको हो ।
घरेलु मैदानमा सुरुवाती एक गोलको अग्रता जोगाउन नसक्दा युभेन्ट्स रोकिएको हो । खेलको चौंथो मिनेटमा अल्भारो मोरटाले गोल गर्दै युभेन्ट्सलाई अग्रता दिलाएका थिए ।
तर, खेलको ७६ औं मिनेटमा एन्ट रेबिकले गोल गर्दै मिलानलाई हारबाट जोगाए । यस बराबरीसँगै युभेन्ट्स लिगमा पहिलो जित निकाल्नबाट बन्चित भएको छ । युभेन्ट्सले यस सिजन ४ खेलमा मात्र २ अंक जोडेको छ । युभेन्ट्स १८ औं स्थानमा रहेको छ ।
मिलानको यो पहिलो बराबरी हो । मिलानले ४ खेलमा १० अंक जोडेको छ । मिलान लिगको दोस्रो स्थानमा रहेको छ ।
प्रकाशित मितिः २०७८ असोज ४ सोमबार
Comments