काठमाडौं । जर्मन बुन्डेसलिगा फुटबलमा बोरुसिया डर्टमण्डले जित निकालेको छ । आइतबार राति भएको खेलमा डर्टमण्डले युनियन बर्लिनलाई ४-२ गोल अन्तरले पराजित गरेको हो ।
एर्लिङ हालाण्डले दुई गोल गरेपछि डर्टमण्डले बर्लिनलाई हराएको हो । घरेलु मैदानमा दशौँ मिनेटमा राफायल गुइरेरियोले गोल गर्दै डर्टमण्डलाई अग्रता दिलाएका थिए । खेलको २४ औं मिनेटमा हालाण्डले डर्टमण्डको अग्रता दोब्बर बनाए ।
खेलको ५२ औं मिनेटमा मार्भिनले आत्मघाती गोल गरेपछि डर्टमण्ड ३-० ले अघि रह्यो ।
५७ औं मिनेटमा म्याक्सले गोल गर्दै बर्लिनलाई ३-१ को स्थितिमा ल्याए ।
खेलको ८१ औं मिनेटमा एन्ड्रीयासले गोल गर्दै बर्लिनलाई ३-२ को स्थितिमा ल्याए ।
तर, ८३ औं मिनेटमा हालाण्डले व्यक्तिगत दोस्रो गोल गर्दै डर्टमण्डलाई ४-२ को जित दिलाए ।
जितसँगै डर्टमण्डले ५ खेलमा १२ अंक जोडेको छ । डर्टमण्ड दोस्रो स्थानमा रहेको छ ।
बर्लिन ६ अंक जोडेर आठौं स्थानमा रहेको छ ।
प्रकाशित मितिः २०७८ असोज ४ सोमबार
Comments