काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय शृंखलाको अन्तिम खेलमा नेपालले आज ओमानसँग प्रतिस्पर्धा गर्दै छ । अल अमिरात क्रिकेट मैदानमा नेपालले टस जितेको छ ।
नेपालले पहिले बलिङ गर्ने भएको छ । ओमानले केही बेरमा नेपालविरुद्ध ब्याटिङ थाल्नेछ । आजको खेलमा नेपालका दुई खेलाडी परिवर्तन गरिएको छ । गुल्सन झा र कुशल मल्लको स्थानमा शरद भेषावकर र आरिफ सेख आएका छन् ।
घरेलु टोलीको सामना गर्दा नेपाल सहज जित निकाल्ने योजनामा हुनेछ । शृंखलाअन्तर्गत नेपालले तीन खेल खेलको छ । जसमा एक खेलमा विजयी र दुई खेलमा पराजित भयो । नेपालले पहिलो खेलमा अमेरिकालाई ५ विकेटले पराजित गरेको थियो । दोस्रो खेलमा ओमानसँग ५ विकेटले हारेको नेपाल तेस्रो खेलमा अमेरिकासँग ६ विकेटले पराजित भएको थियो ।
अंक तालिकाको पुछारबाट तेस्रो स्थानमा रहेको नेपाललाई स्पष्ट जितको विकल्प छैन ।
प्रकाशित मितिः २०७८ असोज ३ आइतबार
Comments