एजेन्सी, २ चैत्र । इटालियन च्याम्पियन युभेन्टस च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । अन्तिम १६ को दोस्रो लेग अन्तर्गत गएराति भएको खेलमा युभेन्टरसले पोर्चुगिज लिग लिडर एफसी पोर्टोलाई १–० ले हराउँदै समग्रमा ३–० को जितसहित क्वाटरफाइनलमा प्रवेश गरेको हो । पहिलो लेगमा युभेन्टस २–० ले विजयी भएको थियो ।
घरेलु मैदानमा भएको खेलमा युभेन्टसलाई जिताउन पाउलो डाइबालाले ४२ औं मिनेटमा पेनाल्टी मार्फत गरेको गोल नै निर्णायक बन्यो । पोर्चुगिज लिग लिडर पोर्टो पहिलो हाफको अन्तिम केही समय र दोस्रो हाफ भर १० खेलाडीमा सीमित भएको थियो । ४० औं मिनेटमा म्याक्सी परेरा ह्याण्ड बलका कारण रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि पोर्टो १० खेलाडीमा सीमित भएको हो । युभेन्टस पछिल्लो चार वर्षमा दोस्रो पटक अन्तिम ८ मा पुगेको हो ।
पोर्टोलाई हराउदै युभेन्ट्स अन्तिम चारमा
0
Share.
Comments