काठमाडौं । एएफसी महिला एशियन कप फुटबलको छनौट खेल अन्तर्गत आज नेपालले फिलिपिन्सँग खेल्ने भएको छ । उज्वेकिस्तानमा हुने छनौट खेल नेपालको लामो समयपछिको अन्तर्राट्रिय औपचारिक खेल हो । किनकी नेपाली महिला टिमले २०१९ यता अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेको छैन ।
आजको खेलमा जित निकाल्दै नेपाली टोली एशियन कप छनौट खेलको यात्रा तय गर्न चाहन्छ । एशियन कप आउदो वर्ष भारतमा हुनेछ ।
छनौट खेलमा नेपाली महिला टोलीले फिलिपिन्सपछि हङकङसँग खेल्नेछ । समूह एफमा रहेको नेपाली टोली शिर्षस्थानमा पुगे एशियन कपका लागि छनौट हुनेछ । यसपाली नेपालका लागि अध्याधिक गोल कर्ता सावित्रा भण्डारी भने मैदानमा नदेखिने भएकी छन् । उनी चोटका कारण टीममा परेकी छैनन् ।
फिफा वरीयतामा फिलिपिन्स ६८औं स्थानमा छ भने नपाल १०१औं स्थानमा छ । त्यस्तै हङकङ पनि ७६औं स्थानमा छ ।
प्रकाशित मितिः २०७८ असोज २ शनिबार
Comments