काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा लिड्स युनाईटेड र न्युकासल युनाईटेडले बराबरी खेल्दै अंक बाडेका छन् । शुक्रबार राति भएको खेलमा लिड्स र न्युकासलले १-१ गोलको बराबरी खेलेका हुन् ।
न्युकासलको मैदानमा सुरुवाती अग्रता भने लिड्सले बनाएको थियो । खेलको १३ औं मिनेटमा राफिन्हाको गोलबाट लिड्सले सुरुवाती अग्रता बनाएको थियो ।
तर, खेलको ४४ औं मिनेटमा एलन सेन्ट म्याक्सिमिनले गोल गर्दै न्युकासललाई १-१ गोलको बराबरीमा ल्याएका थिए । यस बराबरीसँगै लिड्सले ५ खेलमा ३ अंक जोडेको छ । लिड्स १६ औं स्थानमा रहेको छ ।
न्युकासल २ अंक जोडेर १८ औं स्थानमा रहेको छ ।
प्रकाशित मितिः २०७८ असोज २ शनिबार
Comments