काठमाडौं । जर्मन क्लब बायर्न म्युनिखका फरवार्ड किंग्सले कोमानको मुटुको शल्यक्रिया गरिएको छ । बायर्नले फरवार्ड कोमानको बिहीबार मुटुको शल्यक्रिया गरिएको जनाएको छ ।
फ्रान्सका फरवार्ड कोमानको मुटुमा समस्या देखिएपछि सामान्य शल्यक्रिया गरिएको बताईएको छ । कोमान करिब १० देखि १२ दिन भित्र ठिक हुने बताईएको छ ।
बायर्नका प्रशिक्षक जुलियनले उनको शल्यक्रिया सामान्य भएको बताएका छन् । मुटुको शल्यक्रिया गरेपछि उनले शनिबार बोचुमविरुद्धको खेल गुमाउने छन् ।
प्रकाशित मितिः २०७८ असोज २ शनिबार
Comments