काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ मा नेपालले अहिले अमेरिकासँग प्रतिस्पर्धा गरिरहेको छ । ओमानको मस्कटस्थित अल अमारत क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले आफ्नो पहिलो विकेट गुमाएको छ ।
नेपालका ओपनर आसिफ शेख ३ रन बनाएर आउट भए । उनी ग्यारी फिलिप्सको बलमा क्याच आउट भए । उनी तेस्रो ओभरको पाँचौँ बलमा क्याच आउट भए ।
आजको खेलमा नेपालले एक खेलाडी परिवर्तन गरेको छ । नेपालका लागि यसअघि खेलेका बिक्रम सोबको स्थानमा गुलशन झा टिममा परेका छन् । गुलशनको राष्ट्रिय टोलीका लागि डेब्यू हो ।
प्रकाशित मितिः २०७८ असोज १ शुक्रबार
Comments