काठमाडौं । सेबेस्टियन हालरले च्याम्पियन्स लिग फुटबलमा एक महान डेब्यु गरेका छन् । डच क्लब अजाक्सबाट च्याम्पियन्स लिगमा डेब्यु गरेका उनले पहिलो खेलमै चार गोल गरे ।
हालर प्रेरित अजाक्सले च्याम्पियन्स लिगको यस सिजनको पहिलो खेलमा पोर्चुगलको स्पोर्टिङ लिस्वोनलाई ५-१ गोल अन्तरले हराएको छ । हालरले खेलको दोस्रो मिनेटमै अजाक्सको खाता खोलेका थिए । नवौं मिनेटमा उनले टिमको अग्रता दोब्बर बनाए ।
डायस फर्नान्डिसले ३३ औं मिनेटमा गोल गर्दै घरेलु टोलीलाई खेलमा फर्काउने कोशिश गरेका थिए । तर हालरले ५१ र ६३ औं मिनेटमा गोल गर्दै अजाक्सको जित सुनिश्चित गरे र च्याम्पियन्स लिगको डेब्यु खेलमा चार गोल गर्ने दोस्रो खेलाडी बने ।
डच टिमका लागि थप एक गोल स्टेभन बर्गुइसको नाममा रह्यो । डच खेलाडी हालरले यसअघि इटालिन जायन्ट क्लबबाट युरोपियन कप खेलिसकेका छन् । उनी गत प्रशासनिक त्रुटिका कारण युरोपा लिग खेल्ने टिमबाट बाहिर रहेका थिए ।
समूह सीको अर्को खेलमा बोरुसिया डर्टमण्डले इस्तानबुलको बेसिक्टासलाई हराउँदै नयाँ सिजनको सुखद सुरुवात गरेको छ । समूह सीमा अजाक्स र डर्टमण्डले समान ३ अंक जोडेका छन् । एजेन्सी
प्रकाशित मितिः २०७८ भाद्र ३१ बिहिबार
Comments