काठमाडौं । च्याम्पियन्स लिग फुटबलमा फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) बराबरीमा रोकिएको छ । बुधबार राति पीएसजीले बेल्जियनको क्लब ब्रुग्ससंग १-१ गोलको बराबरी खेल्दै अंक बाँडेको हो ।
खेलमा अग्रता पीएसजीले आन्द्रे हेरेराको गोलबाट लिएको थियो । केलियन एम्बाप्पेको पासलाई सदुपयोग गर्दै हेरेराले पीएसजीलाई अग्रता दिलाएका थिए । त्यसको १२ मिनेटपछि घरेलु टोली क्लब ब्रुग्सका लागि हन्स भानाकेनले बराबरी गोल फर्काए ।
च्याम्पियन्स लिगको उपाधि जित्ने लक्ष्य सहित लियोनल मेस्सीलाई यसै सिजन आबद्ध गरेको पीएसजीले पहिलो खेलमै बराबरीमा रोकिएको छ । पीएसजीका स्टारले प्लेइङ सेटमा रहेर खेलको सुरुवात गरेका थिए । तर बुधबारको रात पीएसजीका लागि सुखद रहेन ।
मेस्सीको प्रहार बारमा समेत ठोकिन पुग्यो । उनले पीएसजीबाट च्याम्पियन्स लिगमा डेब्यु गरेको खेलमा प्रभाव जमाउन असफल रहे । मेस्सी सहित केलियन एम्बाप्पे र नेयमारले प्लेइङ सेटमा रहेर खेलको सुरुवात गरेका थिए ।
दुवै टिमले बराबरी खेल्दै समूहमा समान एक अंक जोडेका छन् । एजेन्सी
प्रकाशित मितिः २०७८ भाद्र ३१ बिहिबार
Comments