काठमाडौं । बुरुण्डीको धाविका फ्रान्सिन नियोनसाबाले महिलाको २ हजार मिटर दौडमा विश्व कीर्तिमान बनाएकी छिन् । कन्टिनेन्टल गोल्ड टुर सिरिज अन्तर्गत क्रोएसियाको जाग्रेबमा भएको दौडमा नियोनसाबाले कीर्तिमान बनाएकी हुन् ।
नियोनसाबाले निर्धारित दुरी ५ मिनेट २१ दशमलब ५६ सकेन्डमा पूरा गर्दै कीर्तिमान बनाएकी हुन् ।
यस अघि इथोपियाकी जेन्जीबी डीबाबाको नाममा कीर्तिमान रहेको थियो। डीबाबाले २०१७ मा ५ मिनेट २३ दशमलब ७५ सकेन्डको समय निकाल्दै कीर्तिमान बनाएकी थिइन् ।
प्रकाशित मितिः २०७८ भाद्र ३० बुधबार
Comments