काठमाडौं । आखिरमा सबैको अपेक्षा अनुसार पाकिस्तानी क्रिकेट बोर्डको प्रमुखमा पूर्व कप्तान रमिज राजा नै चयन भएका छन् ।
उनको हातमा नेतृत्व के आएको थियो, उनले दुई ठूला निर्णय पनि गरिहाले, अर्को महिना सुरु हुनेछ ट्वान्टी ट्वान्टी विश्वकपका लागि पाकिस्तानी टिमको प्रशिक्षकमा ब्याटिङ प्रशिक्षक र बलिङ सल्लाहाकारको नियुक्ति ।
आफू खेल्दा प्रारम्भिक ब्याट्सम्यान रहेका ५९ वर्षीय राजाले इशान मनिको स्थान लिनेछन् । गत महिना मात्र मनिको तीन वर्षको कार्यकाल सकिएको थियो । राजा आफै पाकिस्तानी क्रिकेटका ठूला नाम हुन् र उनले आफ्नो देशका लागि सन् १९८४ देखि १९९७ बीच ५७ टेस्ट र १ सय ९८ वान डे खेले ।
अध्यक्ष भएयताको पहिलो पत्रकार सम्मेलनमा उनले गरेको घोषणा हो, पाकिस्तानी टिमको ब्याटिङ प्रशिक्षककमा म्याथ्यु हेडन हुनेछन् भने बलिङ सल्लाहाकारमा भेरनन फिलान्डर । राजाको विश्वास छ, पूर्व अष्ट्रेलियाली प्रारम्भिक ब्याट्सम्यान रहेका हेडनको आगमनले पाकिस्तानको ब्याटिङमा सुधार हुनेछ ।
राजा यसअघिका दुई प्रशिक्षक मिसबह उल हक र वकार युनिसको प्रदर्शनमा खुसी थिएनन् र अध्यक्ष हुन अगाडि नै भनिसकेका थिए, यी दुई भन्दा राम्रा प्रशिक्षक अरू नै हुन सक्छन् । उनको यो भनाइ आएलगतै मिसबह र वकार दुवैले राजीनामा दिए, भलै त्यसका लागि कारण भने अगलै देखाए । एएफपी
प्रकाशित मितिः २०७८ भाद्र ३० बुधबार
Comments