काठमाडौं । इंग्लिस क्लब लिभरपुलका मिडफिल्डर हार्भे इलियटको चोटको सफल शल्यक्रिया गरिएको छ । इलियटको खुट्टाको एंकलमा लागेको चोटको शल्यक्रिया गरिएको हो ।
१८ वर्षीय मिडफिल्डरले आइतबार राति लिड्स युनाईटेडविरुद्धको खेलमा चोट बोकेका थिए । चोट बोकेपछि उनले स्ट्रेचरको सहायताबाट मैदान छाडेका थिए । जुन खेल लिभरपुलले ३-० ले जितेको थियो ।
इलियट यसै सिजन मैदान फर्कने बताईएको छ ।
प्रकाशित मितिः २०७८ भाद्र ३० बुधबार
Comments