काठमाडौं । पोर्चुगलका अन्तराष्ट्रिय खेलाडी क्रिस्टियानो रोनाल्डोले म्यानचेस्टर युनाइटेडमा उत्कृष्ट कमब्याक गरे ।
उनले युनाइटेडबाट दोस्रो इनिङ्स सुरु गर्दा पहिलो खेलमै न्युक्यासलविरुद्ध दुई गोल गरे । युरोपेली क्लब फुटबलका सर्वाधिक सफल फुटबलर रोनाल्डोले युनाइटेड फर्कने आफ्नो निर्णय सही भएको बताएका छन् ।
पोर्चुगलका अन्तराष्ट्रिय स्टारले आल्डट्राफोर्डमा ड्रिम डेब्यु गरे । उनले दुई गोल गरे र युनाइटेडले न्युक्यासलविरुद्ध ४–१ को नतिजा निकाल्यो । ३६ वर्षिय रोनाल्डो खेलाडी सरुवा बजारको अन्तिम समयमा सिरि ए क्लब युभेन्ट्सबाट युनाइटेड आएका थिए ।
उनी म्यानचेस्टर सिटी जाने तयारी गरेका थिए । तर अन्तिम समयमा उनलाई युनाइटेडले अनुबन्ध गर्न सफल बन्यो । रियल मड्रिडका पूर्व स्टारले युनाइटेड फर्कने निर्णय सही भएको बताउँदै युनाइटेडलाई उपाधि दिलाउन आफुले सहयोगी भुमिका खेल्ने बताए । ‘यो सही निर्णय थियो, जुन मैले गरेका थिए । यो ठिक समयमा भएको थियो ।’ रोनाल्डोले एक अन्तरवार्तामा भनेका छन् ।
‘म इतिहास लेख्न चाहन्छु । म युनाइटेडलाई ठुलो नतिजा र उपाधि जिताउन चाहन्छु ।’ उनले भनेका छन् ।
युनाइटेडको ध्यान अब च्याम्पियन्स लिगको समूह चरणको खेलमा केन्द्रित छ । जहाँ इङ्लिस क्लबले स्विस क्लब योङ्ग ब्वाइजसंग खेल्नेछ । एजेन्सी
प्रकाशित मितिः २०७८ भाद्र २८ सोमबार
Comments