काठमाडौं । स्पेनिस ला लिगा अन्तर्गत आइतबार (आज)रियल मड्रिडले घरेलु मैदान सान्टियागो बर्नाबेउमा सेल्टा भिगोको सामना गर्दैछ । खेल नेपाली समय अनुसार राति पौने १ बजे हुनेछ । रियल यही खेलमार्फत लामो समयपछि आफ्नो घर फर्किन लागेको हो । सान्टियागो बर्नाबेउको पुर्नः निमार्णका कारण उसले वैकल्पिक मैदान अल्फ्रेडो डि स्टेफानोमा खेल्दै आएको थियो ।
रियलले पछिल्लोपटक सन् २०२० को मार्च १ मा सान्टियागो बर्नाबेउमा खेल्दा चिरपरिचित प्रतिद्वन्द्वी बार्सिलोना विरुद्ध २-० को जित निकालेको थियो । रियलका अध्यक्ष फ्लोरेन्टिनो पेरेजले आफ्नो घर फर्किन पाउँदा निकै खुसी लागेको बताएका छन् । एजेन्सी
प्रकाशित मितिः २०७८ भाद्र २७ आइतबार
Comments