काठमाडौं । अहिले नेपाल र पपुवा न्युगिनीबीच एकदिवसीय सिरिजको दोस्रो खेल जारी छ । ओमानको अल अमिरात क्रिकेट मैदानमा जारी खेलको सुरुवातमै नेपालले दुई विकेट गुमाएको छ ।
खेलको २.१ ओभरमा काउना भागीले आसिफ शेखलाई व्यक्तिगत ३ रनमा सिसे बाउको हातबाट क्याच गराएका हुन् । चौंथो ओभरको पाँचौ बलमा नोरम्यान भानुवाले कुशल भुर्तेललाई व्यक्तिगत तीन रनमा विकेट किपर किप्लिन डोरिगाको हातबाट क्याच गराए ।
यो समाचार तयार पार्दा गर्दा टस जितेर ब्याटिङ रोजेको नेपालले पाँच ओभरमा दुई विकेट गुमाएर १३ रन बनाई खेलिरहेको छ ।
प्रकाशित मितिः २०७८ भाद्र २५ शुक्रबार
Comments