काठमाडौं । एभरेष्ट प्रिमियर लिग ( इपीएल) क्रिकेटको खेल तालिका सार्वजनिक भएको छ । उद्घाटन खेलमा काठमाडौं किङ्ग्स ११ र ललितपुर प्याट्रियट्स खेल्नेछन् ।
दोस्रो दिन १० असोजमा विराटनगर वारियर्स र चितवन टाइगर्सले प्रतिस्पर्धा गर्दा सोहि दिनको अर्को खेलमा गत संस्करणको उपविजेता भैरहवा ग्लाडिएटर्स र पोखरा राइनोज खेल्नेछन् ।
९ असोजदेखि सुरु हुने इपिएलको चौथो संस्करणमा ६ सहरका नाममा रहेका फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गर्ने भएका छन् । प्रतियोगिता २३ असोजसम्म चल्नेछ । प्रतियोगिताको यसअघिको संस्करण ललितपुरले जितेको थियो । एजेन्सी
प्रकाशित मितिः २०७८ भाद्र २३ बुधबार
Comments