काठमाडौं । म्यानचेस्टर युनाईटेडका फरवार्ड जेसे लिंगार्डले क्लबसँग सम्झौता नवीकरण गर्न अस्विकार गरेका छन् ।
युनाईटेडले लिंगार्डलाई सम्झौता नवीकरणका लागि प्रस्ताव गरेको थियो । तर, उनले क्लबको प्रस्ताव अस्विकार गरेको बीबीसीले जनाएको छ ।
इंग्ल्यान्डका फरवार्ड लिंगार्डको सम्झौता यस सिजनको अन्त्यसँगै सकिदैछ । पोर्चुगिज स्ट्राइकर क्रिस्टियानो रोनाल्डो युनाईटेड आएपछि लिंगार्डले क्लब छाड्ने मनस्थिति बनाएको बताईएको छ ।
२८ वर्षीय लिंगार्डले गत सिजन लोनमा वेस्ट ह्यामबाट खेलेका थिए । उनी वेस्ट ह्याम फर्कने योजनामा रहेको बताईएको छ ।
युनाईटेडको एकेडेमीमा हुर्किएका लिंगार्डले २०११ मा सिनियर टिममा डेब्यु गरेका थिए । युनाईटेडका लागि १ सय ३४ प्रिमियर लिग खेलमा उनले १८ गोल गरेका छन् ।
इंग्ल्यान्डको लागि ३१ खेलमा ६ गोल गरेका छन् । बीबीसी
प्रकाशित मितिः २०७८ भाद्र २३ बुधबार
Comments