काठमाडौं । फ्रान्सका पूर्व विंगर फ्रान्क रिबेरी इटालियन क्लब सालेरनिटाना अनुबन्धित भएका थिए । सिरी ए क्लब सालेरनिटानाले सोमबार रिबेरीलाई अनुबन्ध गरिएको जनाएको छ ।
रिबेरीलाई सालेरनिटानाले फ्री एजेन्टमा अनुबन्ध गरेको हो । ३८ वर्षीय रिबेरी २०२२ को जुनसम्म सालेरनिटानामा रहने छन् ।
फियोरेन्टिनामा दुई सिजन बिताएर रिबेरी सालेरनिटानामा अनुबन्धित भएका हुन् । फियोरेन्टिनाका लागि उनले ५० सिरी ए मा ५ गोल गरेका थिए ।
रिबेरीले २०१९ मा जर्मन क्लब बायर्न म्युनिख छाडेका थिए ।
सन् २००७ देखि २०१९ सम्म बायर्नमा रहेका रिबेरीले २७३ खेलमा ८६ गोल गरेका थिए । वायर्नबाट उनले ९ पटक बुन्डेस लिगाको उपाधि जितेका थिए ।
सन् २०१४ मा अन्तराष्ट्रिय फुटबलमा सन्यास लिएका रिबेरीले फ्रान्सबाट ८१ खेलमा १६ गोल गरेका छन् । एजेन्सी
प्रकाशित मितिः २०७८ भाद्र २२ मंगलबार
Comments