काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टिमले बंगलादेशसँग दुईवटा मैत्रीपूर्ण खेल खेल्ने भएको छ । दशरथ रंगशालामा हुने खेल भदौ २४ र २७ गते हुने अखिल नेपाल फुटबल संघ ९एन्फा०ले जनाएको छ ।
बंगलादेशको महिला फुटबल टिम भोलि (सोमवार) बिहान साढे १० बजे काठमाडौं आइपुग्नेछ । नेपाली महिला फुटबल टिमले २०२२ मा हुने एएफसी महिला एशियन कपको छनोटको तयारी गरिरहेको छ ।
नेपाल–बंगलादेशबीचको खेल हेर्न चाहने दर्शकका लागि साधारण २०० र भीआईपी प्यारापिटका लागि ५०० रूपैयाँ प्रवेश शुल्क तोकिएको छ । प्रभु पेबाट टिकट काट्न सकिने एन्फाले जनाएको छ ।
प्रकाशित मितिः २०७८ भदौ २० आइतबार
Comments