काठमाडौं । जर्मनीका एलेक्सजेन्डर ज्वेरभ युएस ओपन टेनिसको चौंथो चरणमा प्रवेश गरेका छन् ।
आइतबार भएको खेलमा अमेरिकी खेलाडी ज्याक सकबाट वाकओभर पाउँदै एलेक्सजेन्डरले चौंथो चरणमा स्थान बनाएका हुन् ।
प्रतिस्पर्धाको दौरान चोट बोकेपछि ज्याकले खेल त्यागेका थिए ।
खेल छाड्नु अघि एलेक्सजेन्डर ३-६,६-२,६-३ र २-१ ले अघि रहेका थिए । अब चौंथो वरीयताका एलेक्सजेन्डरले जान्निक सिनरसँग खेल्ने छन् ।
प्रकाशित मितिः २०७८ भाद्र २० आइतबार
Comments