काठमाडौं । नेपाली राष्ट्रिय महिला क्रिकेट टिमकी कप्तान रुबिना क्षेत्रीलाई भारतीय क्रिकेट सामग्री उत्पादक केआई स्पोर्ट्सले एक वर्षका लागि प्रायोजन गरेको छ ।
सम्झौता अनुसार केआइ स्पोर्ट्सले १ वर्षसम्म रुबिनालाई आवश्यक पर्ने खेल सामग्री उपलब्ध गराउने छ । रुबिनाले ब्रान्डको प्रचारप्रसार गर्नेछिन् । त्यसका लागि कम्पनीले उनलाई प्रायोजन रकम पनि उपलब्ध गराउनेछ तर रकम भने गोप्य राखिएको छ ।
खेलकुद म्यानेजमेन्ट कम्पनी लेविन स्पोर्ट्सको समन्वयमा केआई स्पोर्ट्सले रुबिनालाई प्रायोजन गरेको हो ।
‘केआई स्पोर्ट्सले प्रायोजन गरेका खेल सामग्रीबाट म निकै सन्तुष्ट छु र दीर्घकालीन समन्वयका लागि तयार छु’, रुबिनाले सम्झौतापछि भनिन्, ‘महिला क्रिकेटलाई प्राथमिकता दिएकोमा म लेविन स्पोर्ट्सलाई धन्यवाद दिन चाहन्छु ।’
प्रकाशित मितिः २०७८ भाद्र १९ शनिबार
Comments