काठमाडौं, २५ फागुन । आज इमर्जिङ टिम एसिया कप क्रिकेटको खेल तालिका सार्वजनिक गरिएको छ । जस अनुसार नेपाल र पाकिस्तान एकै समूहमा परेको छ ।
ड्र अनुसार नेपाल समूह बी मा परेको छ । यस समूहमा नेपालसहित बंगलादेश, पाकिस्तान र हङकङ रहेका छन् । त्यस्तै, समूह ए मा भारत, श्रीलंका, अफगानिस्तान र मलेसिया रहेका छन् ।
केन्यासँगको खेलको तयारीमा रहेको नेपालका लागि हङकङ विश्व क्रिकेट लिग च्याम्पियन्सपसिपको आगामी प्रतिद्वन्द्वी पनि हो ।
इमर्जिङ टिम एसिया कपको खेल तालिका सार्वजनिक
0
Share.
Comments