काठमाडौं । पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डो इंग्ल्यान्ड आईपुगेका छन् ।
इंग्लिस क्लब म्यानचेस्टर युनाईटेडमा अनुबन्धित भएका रोनाल्डो शुक्रबार इंग्ल्यान्ड आईपुगेका हुन् । पोर्चुगलले रिलिज गरेपछि रोनाल्डो इंग्ल्यान्ड आएका हुन् ।
पाँच दिनको क्वारेन्टिनपछि रोनाल्डो टिमको प्रशिक्षणमा सामेल हुने छन् । युनाईटेडले मंगलबार फरवार्ड रोनाल्डोलाई युभेन्ट्सबाट अनुबन्ध गरेको थियो ।
३६ वर्षीय रोनाल्डोले क्लबसँग दुई वर्षको सम्झौता गरेका छन् । रोनाल्डो १२ वर्षपछि युनाईटेड फर्किएका हुन् । यस अघि रोनाल्डोले सन् २००३ देखि ९ सम्म युनाईटेडबाट खेलेका थिए । उनले युनाईटेडबाट २ सय ९२ खेलमा १ सय १८ गोल गरेका थिए ।
त्यस समय उनले युनाईटेडबाट तीन प्रिमियर लिग, एक च्याम्पियन्स लिग, दुई लिग कप र एक एफए कप जितेका थिए । पाँच पटकको बालोन डीु ओर विजेता रोनाल्डो इंग्लिस क्लब छाडेर स्पेनिस क्लब रियल मड्रिड गएका थिए ।
रोनाल्डो २००९ मा स्पेनिस क्लब आएका थिए । रियलमा ९ सिजन बिताएर रोनाल्डो २०१८ मा युभेन्ट्स आएका थिए । एजेन्सी
प्रकाशित मितिः २०७८ भाद्र १९ शनिबार
Comments