काठमाडौं । ब्राजिलले फिफा विश्वकप छनोट अन्तर्गत दक्षिण अमेरिकी छनोटमा लगातार सातौं जित निकालेको छ ।
शुक्रबार बिहान भएको खेलमा चिलीलाई १-० गोल अन्तरले पराजित गर्दै ब्राजिलले शतप्रतिशत जित निकालेको हो ।
ब्राजिलको जितमा एभर्टन रिबिरोले निर्णायक गोल गरे । उनले खेलको ६४ औं मिनेटमा गोल गरेका थिए ।
यस जितसँगै ब्राजिलले ७ खेलमा ७ जितसहित २१ अंक जोडेको छ । ब्राजिल अंक तालिकाको शीर्ष स्थानमा रहेको छ ।
चिली ६ अंक जोडेर सातौं स्थानमा रहेको छ ।
दक्षिण अमेरिकी छनोट अन्तर्गत नै उरुग्वेले पेरुसँग १-१ गोलको बराबरी खेलेको छ ।
त्यस्तै कोलम्बियाले बोलिभियासँग १-१ गोलको बराबरी खेल्दा इक्वेडरले पाराग्वेलाई २-० ले हराएको छ ।
प्रकाशित मितिः २०७८ भाद्र १८ शुक्रबार
Comments