काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमले आज भारतसँग पहिलो मैत्रीपूर्ण फुटबल खेल खेल्दैछ । नेपाल र भारतबीचको खेल साँझ साढे ५ बजे त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सुरु हुनेछ ।
असोज १५ देखि ३० सम्म माल्दिभ्समा आयोजना हुने साफ च्याम्पियनसिपको तयारीका लागि नेपालले भारतसँग दुई मैत्रीपूर्ण खेल खेल्न लागेको हो ।
नेपाल र भारतबीचको दोस्रो खेल आइतबार हुनेछ । बलियो टिम भारतविरुद्ध मैदान उत्रदा नेपाल जित निकाल्ने लक्ष्यमा हुनेछ ।
नेपालले पछिल्लो पटक भारतसँग २०१७ को जुन ६ मा मैत्रीपूर्ण खेल खेलेको थियो । जसमा भारत २–० ले विजयी भएको थियो ।
प्रकाशित मितिः २०७८ भदौ १७ बिहीबार
Comments