एजेन्सी फागुन २४ । अब क्रिकेट मैदानमा गम्भीर प्रकृतिको अनुशाषनहीन काम गर्ने खेलाडीले फुटबलमा झै रातो कार्ड पाउने भएका छन् । अन्तर्राष्ट्रिय क्रिकेट महासंघ(आइसिसी) ले रातो कार्डको नयाँ नियम लागु गर्दैछ । यो नियम आउँदो अक्टुवर १ देखि सुरु हुने कुनै बेला क्रिकेटको नियम बनाउने इङ्ल्यान्डको मेरिलेबोन क्रिकेट क्लब (एमसिसी) ले जनाएको छ ।
एमसिसीका अनुसार क्रिकेटको नयाँ नियममा ब्याटको आकार र सिमा पनि तय गरिनेछ । यस्तै, रन आउटको नियममा केही परिवर्तन हुन सक्ने एमसिसीले बताएको छ । एमसिसीको क्रिकेट समितिको गत डिसेम्बरमा सम्पन्न बैठकले सिफारिस गरेपछि नयाँ नियम तयार पारिएको हो ।
एमसिसीका क्रिकेट प्रमुख जान स्टिफन्सनका अनुसार खेलाडीको खराब आचरणलाई रोक्न मैदानमा रातो कार्डको आवश्यकता भइसकेको छ । यस्तै, रन लिइरहेको अवस्थामा ब्याट्सम्यानको ब्याट क्रिजभित्र प्रवेश गरिसकेको अवस्थामा हावामा भएपनि यसलाई नटआउट दिने प्रावधान बन्दै छ । यसमा क्रिजको माथि ब्याट्सम्यान पुगेको अवस्थामा पनि त्यसलाई रन पुरा भएको रुपमा लिने स्टिफन्सनले बताए ।
अक्टुवर १ बाट क्रिकेट खेलाडीले पनि रातो कार्ड पाउने
0
Share.
Comments