एजेन्सी फागुन २४ । इग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत गएराती भएको खेलमा चेल्सी विजयी भएको छ । वेष्ट ह्यामलाई २– १ ले हराउँदै शीर्ष स्थानको चेल्सीले १० अंकको अग्रता बनाएको छ ।
चेल्सीका लागि डिएगो कोष्टा र एडिन हजार्डले एक–एक गोल गरे । वेष्ट ह्यामका म्यानुअल लान्जीनीले एक गोल फर्काए ।
२७ खेलबाट चेल्सीको ६६ अंक छ भने समान खेलबाट ५६ अंक जोडेको टोटनह्याम दोस्रो स्थानमा छ ।
वेष्टहामलाई चेल्सीले हरायो
0
Share.
Comments