काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले दोस्रो जित निकालेको छ । आइतबार राति भएको खेलमा गेटाफेलाई २–१ ले पराजित गर्दै बार्सिलोनाले दोस्रो जित निकालेको हो ।
बार्सिलोनाका लागि सेर्जी रोबर्टो र मेम्फिस डिपेले एक एक गोल गरे । यस्तै, गेटाफेका लागि सान्ड्रो रामिरेजले एक गोल गरे ।
खेलको दोस्रो मिनेटमा रोबर्टोले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । १८ औं मिनेटमा सान्ड्रोले गोल गर्दै गेटाफेलाई १–१ गोलको बराबरीमा ल्याए । त्यसपछि ३० औं मिनेटमा डिपेले गोल गर्दै बार्सिलोनालाई २–१ को जित दिलाए ।
जितसँगै बार्सिलोना ३ खेलबाट ७ अंक जोड्दै चौंथो स्थानमा रहेको छ । गोलअन्तरको आधारमा चौथो स्थानमा रहेपनि बार्सिलोनाले शीर्षस्थानमा रहेको रियल म्याड्रिड, सेभिया र भ्यालेन्सियासँग अंक बराबर गरेको छ ।
गेटाफेको यो लगातार तेस्रो हार हो । गेटाफेले अंक जोड्न सकेको छैन् । एजेन्सी
प्रकाशित मितिः २०७८ भाद्र १४ सोमबार
Comments