काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा टोटेनहमले लगातार तेस्रो जित निकालेको छ । आइतबार भएको खेलमा वाट्फोर्डलाई १–० ले पराजित गर्दै टोटेनहमले तेस्रो जित निकालेको हो ।
टोटेनहमका लागि ह्युङ मिन सनले निर्णायक गोल गरे । खेलको ४२ औं मिनेटमा सनले फ्रिकिकबाट गोल गरेका थिए ।
जितसँगै टोटेनहम लिगको शीर्ष स्थानमा उक्लिएको छ । टोटेनहमले ३ खेलमा शतप्रतिशत जितसहित ९ अंक जोडेको छ । वाटफर्डले भने ३ खेलमा १ जितसहित ३ अंक जोडेको छ ।
टोटेनहमले लिगको पहिलो खेलमा म्यानचेस्टर सिटी र दोस्रो खेलमा वल्भ्समाथि पनि १-० को जित नै दर्ता गरेको थियो । एजेन्सी
प्रकाशित मितिः २०७८ भाद्र १४ सोमबार
Comments