काठमाडौं । जर्मन बुन्डेसलिगामा बोरुसिया डर्टमण्डले रोमाञ्चक जित निकालेको छ । शुक्रबार राति डर्टमण्डले रोमाञ्चक खेलमा होफेनहेमलाई ३–२ ले हराएको हो ।
खेलको अन्तिम मिनेटमा बराबरी गोल गर्न सफल होफेनहेमविरुद्ध इन्जुरी समयमा इर्लिङ हालान्डले विजयी गोल गरेका थिए ।
पाहुना टोली होफेनहेमका मुनास डाब्बरले बराबरी गोल फर्काएपछि खेल बराबरी उन्मुख देखिएको थियो । तर हालान्डले इन्जुरी समयमा गोल गरेपछि डर्टमण्डले रोमाञ्चक जित दर्ता गरेको हो ।
खेलमा अग्रता डर्टमण्डले जियोभन्नी रेनाको गोलबाट लिएको थियो । क्रिस्टोफ बाउमगार्टनरले पाहुना टोलीका लागि बराबरी गोल फर्काएका थिए । लगत्तै १८ वर्षिया बेलिङ्गहमले डर्टमण्डलाई पुन अग्रता दिलाए ।
होफेनहेले खेलको ९० औं मिनेटमा डाब्बरको गोलबाट खेल बराबरी गर्न सफल भएको थियो । तर इन्जुरी समयमा हालान्डले गोल गर्दै डर्टमण्डलाई महत्वपूर्ण तीन अंक दिलाए ।
जित सहित डर्टमण्ड ३ खेलबाट ६ अंक सहित तालिकाको शीर्ष स्थानमा छ । होफेनहेम ३ खेलबाट ६ अंक सहित चौथो स्थानमा छ । एजेन्सी
प्रकाशित मितिः २०७८ भाद्र १२ शनिबार
Comments