एजेन्सी, २३ फागुन । इंग्लिस प्रिमियर लिग अन्तर्गत गएराति भएको खेलमा टोटनह्यामले एभर्टनलाई ३–२ ले हरायो । टोटनह्यामको जितमा ह्यारी केनले दुई तथा डेल अलीले एक गोल गरे । एभर्टनका लागि रामेलु लुकाकु र इनर भ्यालेन्सियाले गोल गरे । जितपछि दोस्रो स्थानको टोटनह्यामको २७ खेलबाट ५६ अंक भएको छ ।
टोटनह्याम शीर्ष स्थानको चेल्सी भन्दा सात अंकले पछि छ । चेल्सीको २६ खेलबाट ६३ अंक छ । टोटनह्यामसँग हारेको एर्भटन २७ खेलबाट ४४ अंकसहित सातौं स्थानमा छ ।
टोटनह्यामले एभर्टनलाई हरायो
0
Share.
Comments