काठमाडौं । पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डोले क्लब छाड्न चाहेको कुरा युभेन्ट्सका सहकर्मी खेलाडीलाई जानकारी गराएका छन् ।
अन्तराष्ट्रिय मिडियाहरुले रोनाल्डोले युभेन्ट्सका सहकर्मी खेलाडीलाई क्लब छाड्नेबारे जानकारी गराएको जनाएका छन् ।
स्टार स्ट्राइकर रोनाल्डो पछिल्लो समय इंग्लिस क्लब म्यानचेस्टर सिटीसँग जोडिएका छन् ।
रोनाल्डोका एजेन्ट जोर्गे मेन्डिसले रोनाल्डोको तलबबारे सिटीसँग कुराकानी गरिरहेको बताईएको छ ।
यस्तै युभेन्ट्सले समेaत रोनाल्डो बेच्ने तयारी गरेको बताईएको छ । सिटीको आधिकारिक प्रस्तावको पर्खाइमा युभेन्ट्स रहेको बताईएको छ ।
पाँच पटकको बालोन डीु ओर विजेता रोनाल्डो प्रिमियर लिग फर्कन तयार रहेको समेत जनाईएको छ ।
रोनाल्डोले म्यानचेस्टर युनाईटेडबाट २००३ देखि २००९ सम्म खेलेका थिए ।
रोनाल्डो २००९ मा स्पेनिस क्लब रियल मड्रिड आएका थिए ।
रियलमा ९ सिजन बिताएर रोनाल्डो २०१८ मा युभेन्ट्स आएका थिए ।
३६ वर्षीय रोनाल्डोको युभेन्ट्ससँगको सम्झौता एक वर्ष बाँकी रहेको छ ।
रोनाल्डोले गत सिजन ३३ सिरी ए लिगमा २९ गोल गरेका थिए ।
प्रकाशित मितिः २०७८ भाद्र ११ शुक्रबार
Comments