काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत नेपाल र ओमानसँगको त्रिकोणात्मक एकदिवसीय सिरिजका लागि अमेरिकाले टिम घोषणा गरेको छ ।
अमेरिकाले शुक्रबार सौरभ नेत्रभाल्करको कप्तानीमा टिमको घोषणा गरेको हो । टिमको उपकप्तान आरोन जोन्स रहेका छन् ।
अमेरिकाको टिममा अभिषेक फरादकर, डोमिनिके रिखी, एल्मोर हचिन्सन, गजानन्द सिंह, जस्दिप सिंह, जस्करण मलोहत्रा, करिमा गोरे, मोनाक पटेल, निसर्ग पटेल,नोसतुस केन्जिगे, स्टेभेन टेलर र सुशान्त मोदानी रहेका छन् ।
अमेरिकाले सेप्टेम्बर १३ (भदौ २८) गते नेपालसँग प्रतिस्पर्धा गर्दै सिरिजको सुरुवात गर्नेछ ।
नेपालले ज्ञानेन्द्र मल्लको कप्तानीमा टिमको घोषणा गरिसकेको छ ।
प्रकाशित मितिः २०७८ भाद्र ११ शुक्रबार
Comments