काठमाडौं । प्रिमियर लिग क्लब टोटेनहमले युरोपा कन्फरेस लिग (इसिएल) को समूह चरणमा स्थान बनाएको छ।
इसिएलको प्ले अफ छनोटको दोस्रो लेगमा बिहीबार राति पाकोस डि फेरेइरालाई ३-० ले पराजित गर्दै समग्रमा ३-१ को जितसहित टोटेनहमले समूह चरणमा स्थान बनाएको हो।
पहिलो लेगमा १-० ले पराजित भएको टोटेनहमले दोस्रो लेगमा भने उत्कृष्ट जित निकालेको हो । टोटेनहमको जितमा ह्यारी केनले दुई गोल गरे । जियोभानी लो सेल्सोले एक आत्मघाति गोल उपहार दिए ।
खेलको नवौं मिनेटमा केनले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए । खेलको ३५ औं मिनेटमा केनले व्यक्तिगत दोस्रो गोल गर्दै टिमलाई २-० को अग्रता दिलाए ।
खेलको ७० औं मिनेटमा जियोभानीले आत्मघाति गोल गरेपछि टोटेनहमलाई जित प्राप्त भएको हो ।
टोटेनहमका लागि केनको आगमन निकै सुखद रह्यो । टोटेनहम छाड्ने चर्चाका बीच केनले भर्खरै मात्र क्लबमै रहने प्रतिबद्धता व्यक्त गरेका थिए ।
केनको आगमन र गोलमा प्रशिक्षक नुनो सान्टो समेत खुसी देखिए । उनले अब सरुवाको चर्चाबाट केन र क्लब अघि बढ्नुपर्ने धारणा राखेका छन् ।
प्रकाशित मितिः २०७८ भाद्र ११ शुक्रबार
Comments