काठमाडौं । बुधबार शाख्तर,आरबी साल्जबर्ग र शेरिफ तिरास्पोल अन्तिम टिमको रुपमा छनोट भएसँगै च्याम्पियन्स लिग समुह चरणको ‘ड्र’ आज राती टर्कीको इस्तानबुलमा हुँदैछ । गत सिजनको नतिजापछि २६ टिमले सोझै च्याम्पियन्स लिगमा स्थान बनाइसकेका थिए । त्यसमध्ये ६ टिमले छनोटमार्फत स्थान बनाएका हुन् ।
२०२१ २२ को च्याम्पियन्स लिगका लागि शेरिफ तिरास्पोलले पहिलोपटक च्याम्पियन्स लिगमा स्थान बनाएको छ । समुह चरण ड्र मा १५ देशका शिर्ष लिग खेल्ने ३२ टिमको सहभागिता रहनेछ । सहभागि टिमहरुलाई ४ वटा पोटमा विभाजन गरिएको छ ।
पोट १ः मा चेल्सी,भिल्लारियल,एथ्लेटिको म्याड्रिड, म्यानचेस्टर सिटी, इन्टर मिलान, बायर्न म्युनिख, लिल र स्पोर्टिंङ सिपी रहेको छ ।
पोट २ः रियल म्याड्रिड, बार्सिलोना, युभेन्टस, म्यानचेस्टर युनाइटेड, पेरिस सेन्ट जर्मन, लिभरपुल, सेभिल्ला र डर्टमण्ड ।
पोट ३ः पोर्टो, आयाक्स, शाख्तर डोनेटस्क, लेइपजिग, साल्जबर्ग, बेन्फिका, एटलान्टा र जेनिट ।
पोट ४ः बेसिक्टास, ड्यानामो , क्लब ब्रुगी, योङ ब्वाइज, एसी मिलान, माल्मो, वुल्ल्फस्बर्ग र शेरिफ ।
च्याम्पियन्स लिग समुह चरणको आरम्भ भने सेप्टेम्बर १४-१५ बाट हुनेछ । नेपाली समयअनुसार च्याम्पियन्स लिग ड्र आज राती ९ः४५ बाट शुरु हुनेछ ।
प्रकाशित मितिः २०७८ भाद्र १० बिहिबार
Comments