काठमाडौं । यस वर्षको शहीद स्मारक सी डिभिजन लिग छनोटमा एमयूएफसी विजय चोक युथ क्लबले सहभागीता जनाउने भएको हो ।
भाद्र १० बाट सुरु हुने सी डिभिजन छनोटमा इङ्लिस प्रिमियर लिग क्लब म्यान्चेष्टर युनाइटेडको समर्थकको टिम एमयूएफसी नेपाल र सामाजिक क्लब विजय चोक युथले सहकार्य गर्दै छनोट प्रतियोगिता खेल्ने निर्णय गरेका हुन् ।
एमयूएफसी नेपाल सुरुवाती दिनमा क्लबप्रतिको सम्मान व्यक्त गर्दै समर्थकबीच भाइचार बिस्तार गर्ने उद्धेश्यले सन् २०१२ मा स्थापना भएको हो । एमयूएफसीले घरेलु फुटबलका चर्चित प्रतियोगिता नैकाप गोल्डकप, सुटर्स कप जस्ता प्रतियोगितामा सहभागीता जनाउदै आएको छ ।
सामाजिक क्लबको रुपमा रहेको विजय चोक युथ सामाजिक सेवाका क्रियाकलाप सहित फुटबलललाई समेत अघि बढाइरहेको छ । क्लबले जनचेतना मुलक कार्यक्रम, स्वास्थ्य शिविर आयोजना गर्ने, खाद्यान्न वितरण, विपत व्यवस्थापनमा भूमिका खेल्दै आएको छ ।
आगामी दिनमा एक समर्थक र सामाजिक क्लबको रुपमा मात्र नभएर व्यवसायीक फुटबलतर्फ उन्मुख हुने दीर्घकालिन सोच सहित अघि बढेको एमयूएफसी नेपाल र विजय चोक क्लबले जनाएका छन् । सोही अनुसार सी डिभिजन छनोटमा उत्रिएको दुवै क्लबले प्रेस बिज्ञप्तिमार्फत जनाएका छन् ।
सी डिभिजन छनोट भदौ १० गतेबाट सुरु हुदैछ । छनौट प्रतियोगितामा ७८ क्लबले प्रतिस्पर्धा गर्ने छन् । हरेक दिन दुई खेल हुनेछ ।
ुसीु छनौटबाट तीन टिम ुसीु डिभिजनमा बढुवा हुनेछन् ।
प्रकाशित मितिः २०७८ भाद्र ९ बुधबार
Comments