काठमाडौं । अफगानिस्तान र पाकिस्तानबीचको एकदिवसीय क्रिकेट सिरिज अनिश्चितकालका लागि स्थगित गरिएको छ । विद्रोही लडाकु समूह तालिबानले अफगानिस्तानमाथि कब्जा गरेपछि उत्पन्न पछिल्लो घटनाक्रमका कारण सिरिज स्थगित गरिएको हो ।
पाकिस्तान क्रिकेट बोर्डले अफगानिस्तानको आग्रहपछि सिरिज स्थगित गरिएको जनाएको छ । दुई टिमबीचको तीन खेलको एकदिवसीय सिरिज पाकिस्तानमा हुने तय थियो । सिरिज आउँदो सेप्टेम्बर ३ तारिखदेखि सुरु हुने तालिका थियो । एजेन्सी
प्रकाशित मितिः २०७८ भाद्र ८ मंगलबार
Comments