काठमाडौं । इटालियन सिरी ए फुटबलमा एसी मिलानले विजयी सुरुवात गरेको छ ।
सोमबार राति साम्पडोरियालाई १-० गोल अन्तरले पराजित गर्दै मिलानले सिजनको सुखद सुरुवात गरेको हो ।
मिलानलाई जित दिलाउन ब्राहिम डियाजले निर्णायक गोल गरे । खेलको नवौं मिनेटमा डियाजले गोल गरेका थिए । जुन गोल मिलानको जितमा निर्णायक बन्यो ।
यस जितसँगै मिलानले पहिलो खेलमा ३ अंक जोडेको छ । साम्पडोरियाले भने हारबाट सिजनको सुरुवात गरेको छ ।
प्रकाशित मितिः २०७८ भाद्र ८ मंगलबार
Comments