काठमाडौं । फरवार्ड माइकल एन्टोनियो वेस्ट ह्याम युनाईटेडका लागि प्रिमियर लिगमा सर्वाधिक गोल गर्ने खेलाडी बनेका छन् ।
प्रिमियर लिग अन्तर्गत सोमबार राति लेस्टर सिटीविरुद्धको खेलमा दुई गोल गर्दै एन्टोनियो सर्वाधिक गोलकर्ता बनेका हुन्।
उक्त खेलमा वेस्ट ह्यामले लेस्टरलाई ४-१ ले हराएको थियो। ३१ वर्षीय फरवार्डले प्रिमियर लिगमा वेस्ट ह्यामका लागि ४९ औं गोल गरे।
इंग्लिस फरवार्ड एन्टोनियोले पोओलो डी कानियोको कीर्तिमान तोडेका हुन् । पूर्व फरवार्ड पोओलो ४७ गोल गरेका थिए। सन् २०१५ मा वेस्ट ह्याम आएका एन्टोनियोले १ सय ६० खेलमा कीर्तिमान बनाएका हुन् । एजेन्सी
प्रकाशित मितिः २०७८ भदौ ०८ मंगलबार
Comments