एजेन्सी, २२ फागुन । आइसिसी विश्व क्रिकेट लिग च्याम्पियसिपमा केन्यासँग खेल्ने नेपाली टोली घोषणा भएको छ । पारस खड्काको कप्तानीमा चार वैकल्पिकसहित १८ सदस्यीय नेपाली टोलीको घोषणा भएको हो । टिमको उपकप्तानमा ज्ञानेन्द्र मल्ल रहेका छन् ।
आगामी फागुन २८ र ३० गते केन्याविरूद्ध कीर्तिपुरमा हुने आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिपका लागि अन्तिम १४ खेलाडी छनोट गरिएको होे । यसअघि भारत भ्रमणमा गएका १९ जना खेलाडी मध्येबाट अन्तिम १४ छानिएको हो ।
आइसिसिको प्रतिनिधि भेनकटपपति राजुको उपस्थितिमा भएको छनोटमा कप्तान पारस खड्का र प्रशिक्षक जगत टमाटाको उपस्थिति थियो।
टिममा को को परे ?
- पारस खड्का (कप्तान)
- ज्ञानेन्द्र मल्ल (उपकप्तान)
- शरद भेषवाकर
- शक्ति गौचन
- बसन्त रेग्मी
- सोमपाल कामी
- सागर पुन
- बिनोद भण्डारी
- करण केसी
- सन्दिप लामिछाने
- महबुब आलम
- आरिफ शेख
- सुनिल धमला
- दिपेन्द्र सिंह ऐरी
वैकल्पिक
- राजेश पुलामी मगर
- अविनाश कर्ण
- भुवन कार्की
- दिलिप नाथ
Comments