एजेन्सी, २२ फागुन । स्पेनिस ला लिगा लिडर बार्सिलोनाले फेरि अर्को शानदार जित दर्ता गरेको छ । लिग अन्तर्गत गएराति भएको खेलमा बार्सिलोनाले सेल्टा डि भिगोलाई ५–० ले हरायो ।
घरेलु मैदान क्याम्प नाउमा भएको खेलमा बार्सिलोनालाई जिताउन लियोनल मेस्सीले दुई तथा नेइमार, इभान रेकिटिक र स्यामुएल उमटिटीले एक एक गोल गरे ।
जितपछि शीर्ष स्थानको बार्सिलोनाको २६ खेलबाट ६० अंक भएको छ । एक खेल कम खेलेको रियल मड्रिडको ५९ अंक छ ।
बार्सिलोना फेरि ला लिगाको शीर्षस्थानमा
0
Share.
Comments