काठमाडौं । क्यामरुनमा आयोजना हुने अफ्रीका कप अफ नेसन्स फुटबलको समूह विभाजन गरिएको छ । अफ्रिकन फुटबल महासंघले सहभागी २४ राष्ट्रलाई ६ समूहमा विभाजन गरेको छ ।
प्रतियोगिता २०२२ को जनवरी ९ देखि फेब्रुअरी ६ सम्म आयोजना हुनेछ । सार्वजनिक समूह विभाजन अनुसार साविक विजेता अल्जेरिया समूह ई मा परेको छ ।
यस समूहमा अल्जेरियासँगै आइभरी कोस्ट, सिएरा लियोन र इक्वेटोरियल गिनी छन् । आयोजक क्यामरुन समूह ुएु मा रहेको छ । यस समूहमा बुर्किना फासो, इथोपिया र केप भार्डे छन् ।
इजिप्ट समूह डी मा रहेको छ । नाइजेरिया, सुडान र गिनी बिसाउ यस समूहमा रहेको छ । समूह बी मा सेनेगल, जिम्बावे, गिनी र मालवी रहेका छन् ।
समूह सु मा मोरक्को, घाना, कोमोरोस र गाबोन छन् । समूह एफ मा ट्युनिसिया, माली, मौरीटेनिया र गाम्बिया छन् । समूह चरणको खेलपछि समूह विजेता, उपविजेता र तेस्रो हुने उत्कृष्ट चार टिमले नकआउट चरणमा स्थान बनाउने छन् ।
प्रकाशित मितिः २०७८ भाद्र ०२ बुधबार
Comments