काठमाडौं, २० फागुन । राष्ट्रिय खेलकुद परिषदको आयोजनामा आजदेखि इटहरीमा प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगिता सुरु हुदैछ । लिगकम नकआउट चरणका आधारमा हुने प्रतियोगितामा ५ विकास क्षेत्र र विभागिय टोली सशस्त्र प्रहरी बलको एपिएफ क्लब गरी जम्मा ६ टीमको सहभागिता रहेको छ ।
दुई समुहमा विभाजित प्रतियोगिताको समुह ए मा एपीएफ, मध्यपश्चिमान्चल र पश्चिमान्चल रहेका छन् भने समुह बी मा पूर्वान्चल, मध्यमान्चल र सुदुरपश्चिमान्चल रहेका छन् । आजको उद्घाटन खेलमा पूर्वान्चल र मध्यमान्चलबीच प्रतिस्पर्धा हुनेछन् भने आजै दोस्रो खेलमा मध्यमान्चलले पश्चिमान्चलको सामना गर्नेछ । उद्घाटन खेल दिउँसो १ बजेपछि डिभीएम स्कुलको मैदानमा शुरु हुदैछ ।
दुवै खेल इटहरीस्थित डभिीएम ग्लोबल स्कुलको मैदानमा हुनेृछ । प्रतियोगिताको विजेता टोली एक लाख र उपसविजेताले ५० हजार रुपैयाँ नगद पुरस्कार हात पार्नेछन् ।
प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट आजदेखि
0
Share.
Comments