काठमाडौं । सेप्टेम्बर महिनामा विश्वकप लिग २ अन्तर्गत नेपाल, ओमन र अमेरिकाबीच हुने त्रिकोणात्मक सिरिज अघि पपुवा न्युगिनीसँग दुईवटा एकदिवसिय सिरिज खेल्ने भएको छ। नेपालले सेप्टेम्बरको ५ तारिखमा डे र ८ तारिखमा डे नाइट गरी दुई ओडीआई खेल्ने नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ।
लिग २ अन्तर्गतको त्रिदेशीय सिरिजका लागि नेपाली टोली अहिले बन्द प्रशिक्षणमा छ। कीर्तिपुरस्थित टीयू क्रिकेट मैदान १९ जना खेलाडी प्रशिक्षणमा छन्।
प्रकाशित मितिः २०७८ साउन ३२ सोमबार
Comments