काठमाडौं । एएफसी एसियन कप २०२२ को छनोटको तयारीमा रहेका राष्ट्रिय महिला फुटबल टोलीका १७ जना खेलाडी बाहिरिएका छन्। प्रमुख प्रशिक्षक ग्यारी फिलिप्सले ४५ जना खेलाडीबाट २८ जनामा घटाएका हुन्।
एघार खेलाडीहरु क्याम्पबाट रिलिज भएका छन् भने बाँकी रहेका ६ मध्ये पाँच जना नेपाल पुलिसका खेलाडीले परीक्षाका कारण ट्रेनिङ सेसनमा उपस्थित हुन सकेका थिएनन्। त्यस्तै बाँकी एकजनालाई कोभिड संक्रमण भएको अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ।
नेपाली टोलीले एएफसी वुमन्स एसियन कप क्वालिफिकेसनका लागि तयारी गरिरहेको छ। जसमा नेपाल रहेको समूहमा फिलिपिन्स र हङकङ रहेका छन्। प्रतियोगिता नेपालमा हुने भनिएको भए पनि स्थानान्तरण भए पनि उज्बेकिस्तानमा सरेको थियो
प्रकाशित मितिः २०७८ साउन ३१ आइतबार
Comments