काठमाडौं । लियोनल मेस्सी समर्थकमाझ सार्वजनिक भएको खेलमा पीएसजीले गएराति फ्रेन्च लिग वानमा स्ट्रासबर्गलाई ४–२ ले हरायो।
बार्सिलोनाका पूर्वस्टार मेस्सीसँगै सर्जियो रामोस, गोलकिपर जियानलुइगी डोनारुमा, जर्जिनियो विजनाल्डम र आच्रफ हाकिमीलाई खेलअघि समर्थकमाझ सार्वजनिक गरिएको थियो।
पीएसजीका लागि माउरो इकार्डी, काइलियन एमबाप्पे, युलिन ड्राक्सलर र पाब्लो सराबियाले गोल गरे। स्ट्रासबर्गका केभिन गामेरियो र लुडोभिक एजोक्विइले गोल गरे। एजेन्सी
प्रकाशित मितिः २०७८ साउन ३१ आइतबार
Comments