काठमाडौं । बोरुसिया डर्टमण्डले जर्मन बुन्डेसलिगा फुटबलमा विजयी सुरुवात गरेको छ । शनिबार राति भएको खेलमा फ्रान्कफर्टलाई ५-२ गोल अन्तरले पराजित गर्दै डर्टमण्डले सुखद गरेको हो ।
डर्टमण्डको जितमा एर्लिङ हालाण्डले दुई गोल गरे । यस्तै मार्को रिउस, थोर्गन हाजार्ड र जियोभान्नी रियनाले एक एक गोल गरे ।
फ्रान्कफर्टका जेन्स पिटरले एक गोल फर्काए भने फेलिक्सले आत्मघाती गोल गरे । जितसँगै डर्टमण्डले सिजनको पहिलो खेलमा महत्वपूर्ण तीन अंक जोडेको छ । फ्रान्कफर्टले भने हारबाट सिजनको सुरुवात गरेको छ । एजेन्सी
प्रकाशित मितिः २०७८ साउन ३१ आइतबार
Comments