काठमाडौं । जर्मन बुन्डेसलिगा फुटबल अन्तर्गत नयाँ सिजनको पहिलो खेलमा बायर्न म्युनिख बराबरीमा रोकिएको छ ।
साविक विजेता समेत रहेको बायर्न शुक्रबार राति बोरुसिया मोन्चेनग्लाडबाखसँग १-१ गोलको बराबरीमा रोकिएको हो । मोन्चेनग्लाडबाखको मैदानमा रोबर्ट लेवान्डोस्कीले गोल गर्दै बायर्नलाई हारबाट जोगाएका हुन् ।
खेलको १० औं मिनेटमा अलसाने प्लिआले गोल गर्दै मोन्चेनग्लाडबाखलाई अग्रता दिलाएका थिए । लार्स स्टिन्डीलको पासमा उनले गोल गरेका हुन् । तर,४२ औं मिनेटमा जोसुवा किमिचको पासमा लेवान्डोस्कीले गोल गर्दै बायर्नलाई हारबाट जोगाए ।
यस बराबरीसँगै बायर्नले सिजनको पहिलो खेलमा १ अंक पाएको छ । मोन्चेनग्लाडबाखले पनि पहिलो खेलमा १ अंक जोडेको छ । एजेन्सी
प्रकाशित मितिः २०७८ साउन ३० शनिबार
Comments