काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत नयाँ सिजनको पहिलो खेलमा आर्सनल पराजित भएको छ । शुक्रबार राति भएको पहिलो खेलमा आर्सनल नवप्रवेशी क्लब ब्रेन्टफोर्डसँग २-० ले पराजित भएको हो ।
ब्रेन्टफोर्डलाई जित दिलाउन सेर्गी कानोस र क्रिस्टियन नोएर्गार्डले एक एक गोल गरे । घरेलु मैदानमा खेलको २२ औं मिनेटमा सेर्गीले गोल गर्दै ब्रेन्टफोर्डलाई सुरुवाती अग्रता दिलाएका थिए ।
त्यसपछि खेलको ७३ औं मिनेटमा क्रिस्टियनले गोल गर्दै ब्रेन्टफोर्डलाई २-० को जित दिलाए । यस जितसँगै ७४ वर्ष पछि प्रिमियर लिगमा बढुवा भएको ब्रेन्टफोर्डले शीर्ष लिगमा सुखद सुरुवात गरेको हो । र, महत्वपूर्ण तीन अंक जोडेको छ ।
गत सिजन च्याम्पियनसिपको प्ले अफमा स्वान्सी सिटीलाई पराजित गर्दै ब्रेन्टफोर्ड प्रिमियर लिगमा बढुवा भएको थियो । ब्रेन्टफोर्डको यो प्रिमियर लिगमा पहिलो जित हो । आर्सनलले भने हारबाट सिजनको सुरुआत गरेको छ । एजेन्सी
प्रकाशित मितिः २०७८ साउन ३० शनिबार
Comments